मेलम्ची –  पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीको म्यादी जीवन बीमा गर्ने घोषणा गरेका छन् ।


ADVERTISEMENT


कोरोना सङ्क्रमणका कारण नेपालमै पहिलो व्यक्तिको मृत्यु सिन्धुपाल्चोकमै भएका कारण यहाँ कार्यरत स्वास्थ्यकर्मी पनि असुरक्षित रहेकाले उनीहरुको बीमा गरिदिने घोषणा पूर्वमन्त्री बस्नेतले गरेको कांग्रेसका युवा नेता युधिर पौडेलले जानकारी दिए ।


ADVERTISEMENT

# # #


बस्नेतले जिल्लाभर रहेका सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकी, उपस्वास्थ्यचौकीमा कार्यरत चिकित्सकदेखि कार्यालय सहयोगीसम्मको सामूहिक म्यादी जीवन बीमा गरिदिने भएका हुन् । उनले केही दिनअघि कोरोनाका कारण मृत्यु भएकी सुत्केरीको नाबालक बच्चाको शिक्षा र लालनपालनको जिम्मा लिएका थिए । रासस