काठमाडौं – पछिल्लो २४ घण्टामा विश्वभरमा ९४ हजार ७५१ कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा धेरै अमेरिकामा २० हजार २८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


ब्राजिलमा १६ हजार ५१७, रुसमा ९ हजार २६३, भारतमा ६ हजार १४७, पेरुमा ४ हजार ५५०, बेलायतमा २ हजार ४१२ कोरोना संक्रमित २४ घण्टामा थपिएका छन् ।


ADVERTISEMENT

# # #


हालसम्म विश्वमा ४९ लाख ८८ हजार ९९४ जनामा कोरोना संक्रमण देखिसकेको छ । यसमध्ये १९ लाख ५९ हजार १४९ जना निको भइसकेका छन् । तीन लाख २४ हजार ९९८ को ज्यान गइसकेको छ ।