काठमाडौँ – बाँके क्वारेन्टाइनमा रहेका एक युवकको कोरोनाका कारण मृत्यु भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नागरिकको अमूल्य जीवनप्रति खेलबाड नगर्न सरकारलाई चेतावनी दिएको छ ।


ADVERTISEMENT


सोमबार एक विज्ञप्ती जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बाँके घटनालाई कांग्रेसले गम्भीरतापूर्वक लिएको बताउँदै सरकारलाई ७ प्रश्न गरेको छन् । लगातार बान्ता, ज्वरो र श्वास फेर्न गाह्रो भइरहँदा पनि समयमै अस्पताल नलिएको, एम्बुलेन्स नआएको, मृत्युपछि रिपोर्ट समयमै नआएको, लासलाई अमानवीय तरिकाले राखेको लगायतका प्रश्न गर्नै आक्रोश पोेखेका छन् ।


ADVERTISEMENT

# # #


प्रवक्ता शर्माले प्रश्न गरेका छन्, ‘एम्बुलेन्स उपलब्ध नहुनुमा चालकको असुरक्षित मनोबिज्ञानको भूमिका हो भने अत्यावश्यक सुरक्षा सामग्री र जरुरी मानवीय प्रशिक्षण साथ एम्बुलेन्स चालकहरुलाई किन सजग र सतर्क अवस्थामा राख्न सकिएन ? देशभरनै यो समस्या किन निरन्तर देखिएको छ ?’

सरकारले ती युवकको मृत्युलाई नजर अन्दाज गरेमा कोरोना विरुद्धको अगामी लडाईं झनै कठीन हुने उनले बताए । उनले भनेका छन्, विश्वव्यापी रूपमा लाखौंको मृत्यु भइरहेका बेला ती युवकको मृत्युलाई केवल एक थान मृत्युुका रूपमा बुझियो र त्यसका पछिल्तिर रहेका गम्भीर प्रश्नहरुलाई नजरअन्दाज गरियो भने कोरोनासंगको संघर्षका हाम्रा आगामी दिनहरू झनै विकट हुनेछन् ।’

प्रवक्ता शर्माले युवकको मृत्युसंग संबन्धित प्रश्नहरुको गहिरो समीक्षा गरेर सरकारले आत्मआलोचना गरेमा र कोरोना विरुद्धको संघर्षमा लड्न युद्धस्तरित ब्यवस्थापन गर्ने तयारीमा लागेमा मात्रै मृतक युवकको आत्माले शान्त पाउने बताए ।

यस्ता छन् कांगैसले उठाएका ७ प्रश्न :

१) ती युवकले अघिल्लो दिन देखि नै पटकपटक वान्ता गरेको, सास फेर्न कठिनाइ भएको, ज्वरो आएको विवरण थाहा हुंदाहुंदै क्वारेन्टाइनमा नियमित निगरानी राख्नुपर्ने राज्यले तिनलाई अघिल्लो दिननै अस्पताल पु¥याउनु पर्ने सामान्य दायित्व पनि किन निर्वाह गरेन ?

(२) क्वारेन्टाइनको कार्यविधिले २४ घण्टा एम्बुलेन्स सेवा उपलब्ध रहनुपर्ने मापदण्ड उल्लेख गरेको छ, तर उनी शनिबार राती एकाएक सिकिस्त भएपछि तत्काल एम्बुलेन्स किन उपलब्ध भएन ?

(३) एम्बुलेन्स उपलब्ध नहुनुमा चालकको असुरक्षित मनोबिज्ञानको भूमिका हो भने अत्यावश्यक सुरक्षा सामग्री र जरुरी मानवीय प्रशिक्षण साथ एम्बुलेन्स चालकहरुलाई किन सजग र सतर्क अवस्थामा राख्न सकिएन ? देशभरनै यो समस्या किन निरन्तर देखिएको छ ?

(४) आइतबार बिहान ७.०० बज्नु अघि उनको मृत्यु भएपछि उनको लास क्वारेन्टाइन बनाइएको बिद्यालयको चौरमा अलपत्र स्थितिमा किन दिनभर राखियो ? अमानवीय ढंगले ती युवाको लास दिनभर घाममा सुकाएर राख्नुभन्दा सुरक्षित ब्यवस्थापनका साथ उठाएर उपयुक्त ठाउँमा राख्ने मानवीय र जिम्मेवार सोच नदेखिनुको दोषी को हुन् ?

(५) लास उठाउन परिक्षण रिपोर्टको प्रतीक्षा गरिएको हो भने, संभव भएसम्म चांडो रिपोर्ट तयार गर्न उचित समन्वय किन गरिएन ? विशेष परिस्थितिमा चिकित्सक र प्रयोगशाला बीच समन्वय गरेर एउटा मात्रै नमूनालाई प्राथमिकता साथ परिक्षण गर्दा म्यानुएल आरएनए निकाल्न करिब एक घण्टा, पिसिआर उपकरणमा परिक्षण गर्न दुई घण्टा लाग्ने प्राविधिक स्थिति ज्ञात हुंदाहुंदै अघिल्लो दिन संकलन गरिएको उनको स्वाबको परिक्षण त्यही ढंगले समयमै गर्ने÷गराउने ब्यवस्थापकीय समन्वय र तदारुकता किन प्रस्तुत भएन ?

(६) नेपालमा कोरोनाको पहिलो संक्रमित भेटिएको चार महिना पुग्न लाग्दा सम्म पनि क्वारेन्टाइनको यस्तो अव्यवस्थित स्थिति देखि परिक्षण ढिलाइसम्म र स्वास्थ सामग्री अभाव देखि फिल्डमा चुस्त कार्यसम्पादन गर्ने टिम संयोजन सम्ममा प्राय धेरै ठाउँमा गम्भीर लापरबाही रहेकोे बिचित्रताले आगामी दिनको कस्तो चित्रको संकेत गर्दैछ ?

(७) श्रीमती तथा अबोध छोरीछोराले परबाट लास हेर्दै दिनभर रोएको कारुणिक चित्रले राज्यसत्ताको जिम्मेवारीमा रहेकाहरुलाई आफ्नो कर्तव्यप्रति गम्भीर बन्ने गरी केहि चेत आएको छ कि बांकेको घटनालाई केवल एक दुःखद कथाका रूपमा विस्मृतिमा धकेल्ने ?