काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले कोरोना भाईरसको परिक्षणका लागि भारत सरकारले गरेको सहयोग प्रति आभार ब्यक्त गरेका छन् ।
कोरोना नियन्त्रणका लागि छिमेकी भारतले नेपालका स्वास्थ्य सामग्री र ३० हजार जनाको परिक्षण गर्न सकिने कीट उपहार दिएकोमा मन्त्री ज्ञवालीले भारत सरकारलाई धन्यबाद दिएका हुन् ।
कोरोनाको महामारीमा नेपालका लागि भारतले निरन्तर गरिरहेको सहयोगका लागि नेपाल सरकारका तर्फबाट भारत सरकारलाई धन्यबाद दिईएको हो ।
नेपालका लागि भारतका राजदूत बिनय मोहन क्वात्राले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई आज भारत सरकारले सहयोग गरेको स्वास्थ्य सामग्री र ३० हजार जनाको परिक्षण गर्न मिल्ने कीट हस्तान्तरण गरेका छन् ।


ADVERTISEMENT