काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाईरसको परिक्षणका लागि भारत सकारले गरेको सहयोग प्रति आभार ब्यक्त गरेका छन् ।
नेपालका लागि भारतका राजदूत बिनय मोहन क्वात्राले स्वास्थ्यमन्त्री ढकाललाई आज भारत सरकारले सहयोग गरेको स्वास्थ्य सामग्री र ३० हजार जनाको परिक्षण गर्न मिल्ने कीट हस्तान्तरण गरे पछि मन्त्री ढकालले राजदूत क्वात्रा र भारत सरकारलाई धन्यबाद ज्ञापन गरेका हुन् ।
कोरोनाको महामारीमा नेपालका लागि भारतले निरन्तर गरिरहेको सहयोगका लागि नेपाल सरकारका तर्फबाट भारत सरकारलाई धन्यबाद सहित मन्त्री ढकालले आगामी दिनमा समेत सौहार्दपूर्ण सहयोगको निरन्तरताको अपेक्षा गरिएको बताएका छन् ।


ADVERTISEMENT