काठमाडौं । गुगलले नेपालको सगरमाथा चीनमा पर्छ भन्दै फेरि अर्को बदमासी गरेको छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा पर्छ, यो सत्य हो । नेपाललाई विश्वमा चिन्ने र चिनाउने एक माध्यम सगरमाथा पनि हो । विश्वको अग्लो चुचुरो नचिन्ने पनि सायदै होलान् ।


ADVERTISEMENT


जुन हिमाल नेपालको सोलुखुम्बु जिल्लामा पर्दछ । विश्वमै प्रमाणित छ की यो हिमाल पूर्णरुपमा नै नेपाली भूभागमा रहेको छ । यसको उचाई ८८४८ (८ हजार ८ सय ४८) मिटर रहेको छ ।


ADVERTISEMENT

# # #


तर, विडम्बना अहिले यो हिमाललाई गुगलले नै नेपालको नक्साबाट हटाएर चिनमा पुर्याएको छ ।

नेपालको उत्तरी भागमा रहेको सर्वोच्च शिखर आफ्नो भन्दै चाईनिज मिडियाहरुले समाचार सम्प्रेषण भएलगत्तै गुगल नक्सामा सगरमाथा नेपाली भुभागबाट हटेर चिनमा देखीन थालेको हो ।

गुगल म्याम्स एक विश्व कै प्रशिद्ध मार्ग निर्देशन गर्ने सफ्टवयर (एप्लिकेशन रवेब) हो । यदि तपाईहरुलाई पनि यसको बारेमा प्रस्ट हुन चाहानुहुन्छ भने गुगल म्याप्समा गएर Mount Everest सर्च गरी म्याप ट्रेस गर्न सक्नुहुनेछ ।

२ मे मा चीनको राष्ट्रिय टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्कले आधिकारिक ट्वीटर पेजमा चोमोलोङमाको चुचुरो माथि देखिएको विशेष किसिमको सूर्यको दृश्य भनी तस्वीर राखेको थियो । जसमा विश्वको सर्वोच्च शिखर माउन्ट एभरेष्ट चीनमा पर्छ भनेर भनेको थियो ।

यो ट्वीटपछि चीनको चर्को आलोचना भएको थियो र ट्वीट सच्चाउँदै सगरमाथा चीन र नेपालको सीमा पर्छ भनेको थियो,  तर अझै माफी भने मागेको छैन् ।

गुगलको नक्सामा सगरमाथा नेपालबाट हट्नुले गम्भीर प्रश्न उब्जाएको छ ।