काठमाडौँ – ललितपुर महानगरपालिका वडा. नं. ६ ले आफ्नो वडाभित्र घर बहालमा लिएर लकडाउनको समयमा जिल्ला छाडेका वा विदेशबाट आएकाहरुलाई प्रवेश निषेध गरेको छ ।


ADVERTISEMENT


बिहीबार एक सूचना जारी गर्दै वडाध्यक्ष हिटलर शाक्यले वडावासीहरुमा संक्रमण फैलिनसक्ने खतरा भएकाले बाहिरबाट आएका व्यक्तिलाई वडामा अर्को सूचना नआएसम्मका लागि प्रवेश निषेध गरिएको बताएका छन् । वडाध्यक्ष शाक्यद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘यस वडामा कोठा बहाल लिई लकडाउनको समयमा बाहिर जिल्ला वा विदेशबाट फर्किआएका व्यक्तिहरुलाई अर्को सूचना नआएसम्म प्रवेश निषेध गरिएको छ ।’


ADVERTISEMENT

# # #


साथै उनले वडाका घरधनीहरुलाई लकडाउनका समयमा बाहिर गएकाहरु आफ्नो घरमा बस्ने भाडावाललाई घरमा प्रवेश गर्न नदिने सूचना दिन पनि अनुरोध गरेका छन् । सूचना लुकाएर भाडावाललाई घरमा प्रवेश गराउने घरभेटीलाई कारबाही गर्ने पनि उनले चेतावनी दिएका छन् ।

प्रवेश दिने घरहरुमा ताला लगाएर शिल गरिने, क्वारेन्टाइनमा लाग्ने सम्पूर्या खर्च घरधनीले व्यहोर्ने र संक्रमित प्रमाणित भएको अवस्थामा घरधनीले क्षतीपूर्तीको समेत व्यवस्था गर्नुपर्ने लगायतका कारबाही उनले सूचनामा उल्लेख गरेका छन् । वडाभित्र बाहिरी मानिसको आवतजावतलाई रोक्न, अत्यावश्यक तथा खाद्यान्ह पसलहरु निश्चित समयमा सामाजिक दूरी कायम गरी सञ्चालन गर्न वडा भित्रका टोल सुधार समिति, संघसंस्थालाई अनुरोध गरेका छन् ।