रुपन्‍देही — रुपन्देहीको मुख्य सुनौली नाका नजिकै विभिन्न क्वारेन्टाइनमा रहेका करिब एक हजार नेपालीलाई मुलुक प्रवेश गराउने तयारी भएको छ ।


ADVERTISEMENT


रुपन्देही प्रशासनले जिल्लामा क्वारेन्टाइनस्थल र पीसीआर परीक्षणको व्यवस्था गरेर पहिलो लटमा भारतीय क्वारेन्टाइनमा १४ दिन बसिसकेका ९ सय ७० जनालाई भित्र्याउने तयारी भइरहेको जनाएको छ । जतिसक्दो छिटो भित्र्याउन तयारी गरिए पनि पर्याप्त क्वारेन्टाइन र परीक्षण किट उपलब्ध नभएकाले ढिलो भएको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए ।


ADVERTISEMENT

# # #


लामो समयदेखि दशगजा क्षेत्रमा रोकिएका प्रवासी नेपालीलाई भित्र्याउने मंगलबारबाट तयारी थालिएको थियो । जिल्ला प्रशासन र स्थानीय तहले व्यवस्थित रुपमा उनीहरुलाई ल्याउने विषयमा छलफल गरेका छन् । यसरी आउनेको स्वास्थ्य परीक्षणका लागि पर्याप्त पीसीआर किट उपलब्ध भएमा रुपन्देहीका विभिन्न पालिकाका क्वारेन्टाइनमा व्यवस्थापन गर्ने तयारी थाल्न प्रशासनले निर्देशनसमेत दिएको थियो ।