काठमाडौं –  उदयपुरको भुल्केमा थप एकजनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार भुल्के निवासी ४३ वर्षकी महिलामा कोरोना देखिएको हो ।


ADVERTISEMENT


उनको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । नेपालमा कोरोना संक्रमितको संख्या योसँगै ११० पुगेको छ ।


ADVERTISEMENT

# # #