धनगढी – कोरोना भाइरसबाट सङ्क्रमित भई सेती प्रादेशिक अस्पतालमा उपचाररत महिला आज कोरोना ‘पोजेटिभ‘ निको भई अस्पतालवाट डिस्चार्ज भएकी छन् ।


ADVERTISEMENT


अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका ३४ वर्षीया महिला आज निको भई अस्पतालवाट डिस्चार्ज भएको छ । उनी कोरोना भाइरसबाट मुक्त भएसँगै सुदूरपश्चिम प्रदेशमा कोरोनाको ‘डेडिकेटेड‘ अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्पताल कोरोना सङ्क्रमित बिरामीबाट मुक्त भएको छ ।


ADVERTISEMENT

# # #


अस्पतालका कोरोना उपचार विभाग प्रमुख डा शेरबहादुर कमरले बताए । अस्पतालको आइसोलेशनमा पनि कोही शङ्कास्पद बिरामी नरहेको डा कमरले जानकारी दिए। उनको आठ पटकसम्म नमूना परीक्षण गरिएको थियो । ३४ दिन अस्पताल बसेर महिलाले कोरोनालाई जितेकी हुन् ।

सुदूरपश्चिममा पाँच जनामा कोरोना देखिएको थियो । सबै उपचारपछि निको भएसँगै सुदूरपश्चिम प्रदेशमा अब कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ छ