सिन्धुली । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआइजी) बसन्त कुमार लामाले  बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीको वस्तु स्थितिको अवलोकन गर्नुभयो । अवलोकनका क्रममा केन्द्रमा रहेका भौतिक संरचना, शाखाहरु तथा तालिमरत प्रशिक्षार्थीहरुको ब्यारेक भवन अवलोकन गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो ।


ADVERTISEMENT


निर्देशनको क्रममा प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले दुर्गम स्थानमा रहेर पनि तालिम केन्द्र भित्र भए गरेका विकास तथा सुधारका कामहरु सडक निर्माण, खानेपानी ट्याङ्की निर्माण, शौचालय निर्माण, पेरिमिटर सुरक्षा, निष्पक्ष र पारदर्शी भर्ना छनौट तथा विश्वभर फैलिएको कोरोना कोभिड -19 बाट बच्न तथा बचाउन गरिएका कार्यहरु  को प्रशंसा गर्नु भयो ।


ADVERTISEMENT

# # #


तेस्तै कर्यक्रममा बोल्दै  बागमती प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख एसएसपी सन्दिप भण्डारीको नेतृत्वमा तालिम केन्द्र परिवारले गरे गराएका कार्यहरुलाई आगामी दिनमा समेत निरन्तरता दिन निर्देशन दिंदै प्रदेश प्रहरी प्रमुखको हैसियतले यस केन्द्रको विकास गर्नु गराउनु आफ्नो पनि दायित्व रहेको बताउँदै यस तालिम केन्द्रलाई नेपाल प्रहरी संगठनकै उत्कृष्ट तालिम प्रदायक संस्थाको रुपमा विकास गरी गुणस्तरीय प्रहरी जनशक्ति उत्पादन गराउने कार्यमा आफूले पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।