काठमाडौँ – कोराना भाइरस (कोभिड–१९)का कारण विश्वका अधिकांश देश यतिबेला लकडाउनमा छन् । अधिकांश मानवीय क्रियाकलाप ठप्प छन् भने केही मात्रामा घरबाटै सञ्चालन भइरहेका छन् ।


ADVERTISEMENT


आधुनिकताका नाममा मान्छेले प्रकृतिमाथि गरिरहेको दमन अहिले हटेको छ । मानिसहरुका क्रियाकपाले निसास्सिएको प्रकृति यतिबेला मुक्तिको श्वास फेर्दैछ ।  वातावरण स्वच्छ भएको छ । नदीहरु संलिएका छन् । टाढाटाढाका पहाडहरु पनि सजिलै देखिन थालेका छन् ।


ADVERTISEMENT

# # #


यसैबीच भारतबाट एउटा सुखद खबर आएको छ । भारतीय बासिन्दाले आफूहरु बस्ने स्थानबाटै विश्वको सर्वोच्च शिखर सगरमाथा देखिन थालेको बताएका छन् । भारतीय सञ्चारमाध्याम इन्डिया टाइम्सका अनुसार सयौँ किलोमिटर टाढा रहेको भारतको विहारबाटै सगरमाथा देखिएको छ । समाचार अनुसार भारतको विहारस्थित सितामढी जिल्लाको सिंहवाहिनीमा बस्ने बासिन्दाले आफ्नो घरको छतबाटै सर्वोच्च शिखर सगरमाथा देख्न थालेका छन् ।

ग्राम पञ्चायत सिंहवाहिनीकी मुखिया रीतु जैसवालले आफ्नो घरको छतबाटै सगरमाथि देखिएको भन्दै ट्वीटरमा एउटा तस्बिर सार्वजनिक गरेकी छन् । ‘सितामढी जिल्लास्थित सिंहवाहिनीमा रहेको आफ्नो घरको छतबाट आज मैँले सगरमाथा देखेँ । प्रकृतिले अहिले आफैलाई सन्तुलित बनाइरहेको छ ।’ उनले लेखेकी छन्, ‘हाम्रो नजिकै रहेका नेपालका केही पहाडहरु त वर्षात पछिको सफा मौसममा कहिलेकाही देखिँन्थे । तर, वास्तविक हिमालयको दर्शन भने आज पहिलो पटक आफ्नै गाउँबाट गरियो ।’

जैसवालको भनाईलाई एक अर्का स्थानीयले थप सूचनासहित प्रमाणित गरेका छन् । उनले एउटा स्थानीय पत्रिको समाचार शेयर गरेका छन् । जहाँ सितामढीबाट दशकौँपछि हिमालय देखिएको उल्लेख छ ।

‘गुगल म्याप’का अनुसार सिंहवाहिनी र सगरमाथा बीचको दूरी १९० किलोमिटर रहेको छ ।