नेपालगन्ज — १६ जना कोरोना संक्रमित भेटिएको नेपालगन्ज उपमहानगरपालिका–८ जोलहनपुरवाका तीन सय जनाको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरिएको छ । शुक्रबार एक व्यक्तिमा कोरोना देखिएकोमा थप १५ व्यक्तिमा संक्रमण फैलिएको आइतबार पुष्टि भएको हो ।


ADVERTISEMENT


संक्रमितहरूको सम्पर्कमा आएका थप व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्ने प्रयास जारी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । उनीहरू एक महिनायता स्थानीयमाझ घुलमिल भइसकेकाले टोलभरिका बासिन्दाको स्वाब संकलन गर्नुपर्ने अवस्था आउन सक्ने स्वास्थ्यकर्मी बताउँछन् ।


ADVERTISEMENT

# # #


लकडाउनका बेला नेपालगन्जबाट छिमेकी जिल्ला बर्दिया, दाङ र कर्णाली प्रदेशका सर्वसाधारण घर फर्किएका छन् । जसकारण बाँकेसँगै छिमेकी जिल्ला पनि उच्च जोखिममा परेका छन् । नेपालगन्जमा संक्रमित भेटिएको बस्ती निकै घना छ । स्थानीय बासिन्दा लकडाउनका बेला पनि एकअर्काको घरमा आउजाउ गर्दै आएका थिए ।