काठमाडौँ – नेपालमा एकैदिन १६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ ।  जसमध्ये १५ जना निको भएर घर फर्किएका छन् भने बाँकीको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।


ADVERTISEMENT


बाँकको नेपालगञ्जमा पुनः छ जनामा कोभिड–१९) देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले नेपालगञ्जस्थित भेरी अस्पतालमा परीक्षणका क्रममा नेपालगञ्ज–८ का तीन महिला र तीन पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको बताए । उनका अनुसार तीमध्ये १६, २१ र ३४ वर्षीय पुरुष तथा ४०, ५५ र ६० वर्षीया रहेका छन् ।


ADVERTISEMENT

# # #


योसँगै आजै मात्र बाँकेमा नै सङ्क्रमित हुनेको सङ्ख्या १५ पुगेको छ । यसअघि आजै नै बाँकेमा नौजनामा सङ्क्रमण देखिएको थियो । योसँगै बाँकेका सङ्क्रमितको सङ्ख्या १६ पुगेको छ । आज नेपालमा पहिलोपटक सबभन्दा बढी सङ्क्रमित १६ जना देखिएको पहिलोपटक हो । यसअघि वैशाख ५ गते एकै दिन उदयपुरमा १२ र चितवनमा दुईजना सङ्क्रमित देखिएका थियो ।

सहप्रवक्ता डा अधिकारीका अनुसार नेपालगञ्जमा देखिएका सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य र स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।