बिर्तामोड — आइतबार कोरोना संक्रमण पुष्टि भएका बाह्रदशी गाउँपालिकाका ५० वर्षीय पुरुष डेढ महिनाअघि भारतको नयाँदिल्ली पुगेर फर्किएको खुलेको छ । उनी मुस्लिम धर्मगुरु हुन् । उनी नयाँदिल्लीमा भएको मुस्लिम धर्मगुरुहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर घर फर्किएको बाह्रदशी–४ का वडाध्यक्ष समिम मियाँले जानकारी दिए । दिल्लीबाट फर्किएपछि उनी होम क्वारेन्टाइनमा बस्दै आएका थिए ।


ADVERTISEMENT


गाउँपालिकाको स्वास्थ्यकर्मीको टोलीले गरेको दुईपटकको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) मा उनको रिपोर्ट लगातार ‘नेगेटिभ’ आएको थियो । पाँच दिनअघि उनको स्वाब नमुना लिएर पीसीआर परीक्षण गर्दा पनि उस्तै नतिजा दोहोरिएको मियाँले बताए ।


ADVERTISEMENT

# # #


विराटनगरस्थित कोसी अस्पतालमा आइतबार गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट‘पोजिटिभ’ आएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले पुष्टि गरे । संक्रमण पुष्टि भए पनि उनमा कोरोनाको कुनै लक्षण भने देखिएको छैन ।