काठमाडौँ– सरकारले आज शुक्रबारबाट बाग्मती अञ्चलका सवारीमा इम्बोस्डको प्लेट जडानको लागि आवेदन खुला गरेको छ । इम्बोस्डका लागि आजबाटै अनलाइन आवेदन र इन्रोल्मेन्ट सुरू भएको हो।


ADVERTISEMENT


सरकारले मंगलबारबाट इम्बोस्ड प्लेट कार्यान्वयनमा आएको घोषणा गरेपनि यसका लागि आवेदन भने खुलाइसकेको थिएन ।आजबाट साना ठूला सवारी कार्यालय एकान्तकुना र दुईपंग्रे सवारी कार्यालय मातातीर्थले अनलाइन आवेदन खुलाएका छन् ।


ADVERTISEMENT

# # #


आइतबार विभागलेआफ्ना स्वामित्वको सवारीमा पहिलोपटक इम्बोस्ड प्लेट जडान गर्नेछ । आफ्नो सवारीमा इम्बोस्ड जोड्न चाहानेले विभागको वेबसाइटमा उपलब्ध अनलाइन सिस्टममा आफ्नो सवारी नम्बर रजिष्ट्रेशन गराउनुपर्ने विभागका प्रवक्ता डा। टोकराज पाण्डेलेले अनलाइनखबरलाई जानकारी दिए । त्यसका लागि अनलाइन सिस्टम तयारी अवस्थामा राखिएको छ ।

अनलाइनमा सवारी नम्बरसहित आवश्यक विवरण इन्ट्री गरेपछि सिस्टमले नै सवारी धनि कहिले यातायात कार्यालयमा उपस्थित हुने भन्ने जानकारी गराउनेछ ।

सोही मितिमा सवारी कार्यालयमा पुगेर सवारीधनीले आफ्नो सवारीको इन्रोलमेन्ट गर्नुपर्नेछ । सवारीका सबै कागजातसहित यातायात कार्यालयमा पुगेर सवारीधनीले आफ्नो बायामेट्रिक दिएर फारम भर्नुपर्नेछ ।

यति प्रक्रिया पछि यातायात कार्यालयले नै दिन तोकेर प्लेट लिन बोलाउनेछ । यातायात कार्यालयले आफूले लिएको विवरण अनुसार इम्बोस्ड छाप्ने जिम्मा पाएको डेकाटोर(टाइगरको कारखानामा प्लेट छाप्न पठाउनेछ ।

कारखानाले तोकिएको अवधिभित्र प्लेट छापेर पुनः सम्बन्धित कार्यालयमा पठाउनेछ । विभागले सवारीको फोटोसहितको विवरण राखेर त्यसमा प्लेट जडान गरिदिनेछ ।