विराटनगर – प्रदेश नं १ मा कोभिड–१९ का शङ्कास्पद बिरामीको परीक्षणमा सोमबारसम्ममा ८२१ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।


ADVERTISEMENT


थ्रोट स्वाब (पिसिआर) प्रविधिबाट नमूना सङ्कलन गरिएका २८४ जनाको नमूनामध्ये ४२ महिलासहित २६६ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किटबाट गरिएको रगत परीक्षणमा ७६ महिलासहित ५५५ जना रिपोर्ट नेगेटिभ गरी जम्मा ८२१ जनाको रिपोर्ट आएको प्रदेश नंं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सूचना डेस्क कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


थ्रोट स्वाबअन्तर्गत ५० महिलासहित २८४ जना नमूना सङ्कलन गरिएकामध्ये १८ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । प्रदेशको कोशी अस्पताल विराटनगर र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाबको परीक्षण गरिएको छ भने आरडिटीको रगत परीक्षण प्रदेशअन्तर्गतका विभिन्न जिल्लामा स्थलगत रुपमा गरिएको सूचना डेस्कले जनाएको छ । प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बुधबारसम्म बस्नेमा ६२ महिलासहित ५६५ रहेका छन् भने २५ जना आफ्नो घर फर्किएका छन् ।

यस्तै होम क्वारेन्टाइनमा ६२७ महिलासहित तीन हजार ७१९ रहेका छन् भने आइसोलेशन श्ययामा बस्नेको सङ्ख्या १० रहेको सूचना डेस्कले जनाएको छ । प्रदेशमा क्वारेन्टाइनमा बस्नेको दिन प्रतिदिन वृद्धि भइरहेको छ । रासस