तत्काल लकडाउन हटाउनु कोरोना भाइरस संक्रमण फैलिएका मुलुकका लागि घातक हुनसक्ने चेतावनी विश्व स्वास्थ्य संगठन डब्लूएचओले दिएको छ । डब्लू एचओ प्रमुख डाक्टर टेड्रोस अदानोम गेब्रेयससले जेनेभा भर्चुअल पत्रकार सम्मेलनमा हाल लकडाउनमा रहेका मुलुकहरुले अहिले नै त्यसलाई हटाउने निर्णय लिनु हतार हुने बताउनुभएको हो ।


ADVERTISEMENT


कोरोना कहरका कारण चर्को आर्थिक मारमा परेका मुलुकहरुले पनि विभिन्न प्रतिबन्धहरुलाई खुकुलो बनाउनेबारे सोच्नुपर्ने समय भएको बताउँदै उहाँले यसबारे डब्लूएचओ समेत निरन्तर छलफलमा रहेको बताउनुभयो ।


ADVERTISEMENT

# # #