पथरी, मोरङ– भारतको मिरगञ्ज खोलाको पुल क्षतिग्रस्त हुँदा त्यहाँ अड्किएका करिब ७०० मालवाहक सवारीसाधन सुनसरीको भीमनगर–भण्टाबारी भन्सार नाकाबाट ल्याइने भएको छ ।


ADVERTISEMENT


भन्सार विभागले विराटनगर भन्सार कार्यालयलाई परिपत्र गर्दै भीमनगर–भण्टाबारी भन्सार नाकाबाट आयात–निर्यात गर्न निर्देशन दिएको छ । परिपत्रका अनुसार निकासी–पैठारी हुने मालवस्तु ढुवानी गर्ने सवारीसाधनको अवागमन, प्रवेश, भौतिक परीक्षण जाँच पास तथा बहिर्गमन जस्ता प्रक्रिया प्रभावित भएकाले भन्सार ऐनबमोजिम बाधा–अड्काउ फुकाउ निर्देशन जारी गरिएको विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले जानकारी दिए ।


ADVERTISEMENT

# # #


परिपत्रअनुसार तेस्रो मुलुकबाट पैठारी भई आएका ल्याण्ड कस्टम अफिस जोगवनीले नियमअनुसार जाँचपास गरेको प्रमाणका आधारमा भारतीय कस्टम स्टेशन भमिनगरको बाटो हुँदै विराटनगर भन्सार ल्याउनुपर्नेछ । उद्योग–संगठन मोरङ र मोरङ व्यपारसङ्घको पहलमा उक्त नाका खुलेको हो ।