एजेन्सी – ब्राजिलका स्टार फुटबल खेलाडी रोनाल्डिन्हो जेलमुक्त भएका छन् । नक्कली पासपोर्ट बोकेर अर्को देशमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा ६ महिना जेल सजाय घोषणा भएका रोनाल्डिन्हो ३२ दिनमा रिहा भएका हुन् ।


ADVERTISEMENT


मुद्दाको फैसला नभएसम्म होटेलमा बस्न सक्ने गरी उनलाई जेलमुक्त गरिएको बताइएको छ । रोनाल्डिन्होसँगै उनका दाइ रोबर्टोलाई एक महिनाअघि पाराग्वेको एक होटलबाट पक्राउ गरिएको थियो । तारेखमा रिहा हुनका लागि १ दशमलव ६ मिलियन डलर तिर्न नसकेपछि दुवै जनालाई जेल सजाय भएको थियो ।


ADVERTISEMENT

# # #


४० वर्षीय रोनाल्डिन्होले सन् २०१५ मा फुटबलबाट सन्यास लिएका थिए । ब्राजिलले सन् २००२ मा विश्वकप जित्दा उनी राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्य थिए ।

फिफा प्लेयर अफ द इयर, बालोन डी’ओर जस्ता उपाधि जितेका रोनाल्डिन्होले बार्सिलोना, एसी मिलान क्लबबाट व्यवसायिक फुटबल खेलेका थिए ।