काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड १९) विरुद्ध जित हात पार्नका लागि सरकारले चालेका नीति र निर्देशन पालना गर्दै सरकारलाई साथ दिन आग्रह गरेका छन् ।


ADVERTISEMENT


मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संकटको यस अवस्ठामा जो जहाँ छौँ, त्यहीँ सुरक्षित बसेर सरकारलाई साथ दिएमा संकटको कालो बादल हटेर जाने विश्वास व्यक्त गरे । उनले भने, ‘मेरो आग्रह छ, संकटको वर्तमान घडीमा जो जहाँ छौँ, त्यहीँ सुरक्षित रहौँ । संकटका काला बादल अवश्य हटेर जानेछन् ।’


ADVERTISEMENT

# # #


भाइरसको नियन्त्रणका लागि विश्वमा हाल कुनै खोप वा औषधि पत्ता नलागेको अवस्थामा हाल लकडाउन नै अपरिहार्य कदम भएकाले सरकारले थप ८ दिन लम्ब्याएको बताए । आउने दुई साता नेपालका लागि थप चुनौतिपूर्ण रहेकोभन्दै उनले भने, ‘आउने दुई साता सायद हाम्रा लागि थप चुनौतिपूर्ण हुनसक्छ । यो अवधि कोरोनाको लक्षण प्रकट हुने अवधि मात्रै होइन, समुदायमा फैलिने उच्च जोखिमको अवधि पनि हो ।’

यो महामारी चिकित्सकहरुको नेतृत्वमा लडिने प्रकृतिको भएकाले त्यसमा साथ दिन जनतालाई अपिल गरेका हुन् । ‘महामारीविरुद्धको यो युद्ध चिकित्सकहरुको नेतृत्वमा लडिने विशेष प्रकृतिको लडाईं हो भन्ने हामीलाई थाहा छ ।’ उनले भने, ‘आजसम्मको तपाईंहरुको भूमिकाले महामारीलाई नियन्त्रण गर्न मुलुकलाई राम्रो सफलता मिलिरहेको छ । अबको जित तपाईंहरुको हौसला, विशेषज्ञता र कर्तव्यष्ठितामा अडेको छ ।’

प्रधानमन्त्री ओलीले कोरोना सबैको साझा लडाईं भएकाले समाजको हरेक सदस्य आफैमा एउटा सिपाही हो भन्ने कुरा हामीले मनन गर्न सक्नेपर्ने बताए ।

महामारीको संक्रमण फैलिन नदिन सरकारले सारा प्रयास गर्ने बताउँदै प्रधानमन्त्री ओलीले यसै साताबाट सञ्चालनमा ल्याइएको र्‍यापिड डिटेक्सन टेस्ट किटले समुदायमा संक्रमणको स्थिति पहिचान गर्नमा सघाउने विश्वास व्यक्त गरे । उनले भने, ‘यस परीक्षण मार्फत सम्भावित संक्रमणको स्क्रिनिङ गर्ने र दोहोरो परीक्षणबाट संक्रमित भए नभएको सुनिश्चित गरिनेछ ।’ समुदायको परीक्षणको लागि उच्च स्तरीइ निर्देशन समिति र कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सम्भावित जोखिममा रहेका जिल्ला र क्षेत्र तय गरी जनशक्ति परिचालन गरिसकेको उनले जानकारी दिए ।

केही दिनभित्र कोरोना भाइरसको संक्रमणको फैलावटलाई रोक्न ‘कन्ट्याक्ट ट्रेसिङ एप’ सञ्चालनमा ल्याइने उनले बताए । महामारीको बेला रोजगारी गुमाएर कोही पनि श्रमिक भोकै बस्नु नपरोस् भनेर सरकारले स्थानीय तहको संयोजनमा राहत वितरण गरिरहेको उनले जनाए ।