भारत – मुम्बईमा रहेको वोकहर्ट अस्पतालका २६ जना नर्स र तीन जना डाक्टरमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताललाई प्रतिबन्धित क्षेत्र घोषणा गरिएको छ । अस्पताल बन्द गरिएको छ ।


ADVERTISEMENT


अहिले अस्पतालमा रहेका अरु कर्मचारीको पनि कोरोना भाइरस (कोभिड- १९) परीक्षण भइहेको र उनीहरुको रिपोर्ट आएपछि मात्रै अस्पताल खोल्ने वा नखोल्ने भन्नेबारेमा प्रशासनले निर्णय गर्ने समाचार संस्था एएनआईले जनाएको छ ।


ADVERTISEMENT

# # #


सङ्क्रमण पुष्टि भएका नर्स र डाक्टरलाई अधेरीको एउटा अस्पतालमा उपचारको लागि लगिएको छ । अस्पतालमा भर्ना भएका एक सङ्क्रमितबाट नर्समा र नर्सबाट अरु कर्मचारीमा सङ्क्रमण फैलिएको हुन सक्ने आशङ्का गरिएको छ । यसबारेमा अनुसन्धानको लागि निर्देशन पनि दिइसकिएको छ ।