लन्डन — इग्लिस प्रिमियर लिग क्लब लिभरपुलले आफ्ना गैर खेलाडी कर्मचारीलाई कोरोना भाइरस संक्रमणका बेला बिदा दिएर तिनको तलबका लागि सरकारको भर पर्ने निर्णय फेर्दै सोमबार माफी मागेको छ ।


ADVERTISEMENT


क्लबका प्रमुख कार्यकारी पिटर मुरले भनेका छन्, ‘हामीले गलत निर्णय गरेका थियौं र त्यसका लागि माफि माग्न चाहन्छौं।’


ADVERTISEMENT

# # #


कोरोना भाइरसको संक्रमण त्रासका कारण लिग स्थगित हुने अवस्थामा छ। हाल खेलहरू सबै स्थगित गरिएका छन्। लिग नै स्थगनको निर्णय अगाडि अंक तालिकाको शीर्ष स्थानमा रहेको लिभरपुलले बेलायती सरकारको अनुदानमा भर परेर बिदा लिने कर्मचारीको तलब दिने निर्णय गरेको थियो।

क्लबका समर्थक र पूर्व खेलाडीले त्यस निर्णयको चर्को आलोचना गरेका थिए।