एन्थनी जर्चर, अमेरिका – अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पहिलो ‘केस’ देखिएको दुई महिनाभन्दा बढी भइसकेको छ । अहिले अमेरिकामा कोरोना भाइरस व्यापक रुपमा फैलिरहेको छ ।


ADVERTISEMENT


आज झण्डै तीन लाख अमेरिकी नागरिक कोरोनाबाट संक्रमित छन् । करिब ८ हजारले ज्यान गुमाइसकेका छन् । यो तथ्यांक प्रत्येक घण्टा बढिरहेको छ । अमेरिका आज यस विश्वमहामारीको केन्द्रबिन्दु बनेको छ भन्दा अतिउक्ति हुँदैन । संक्रमित मानिसहरुको संख्याको तुलनामा अमेरिका कोरोनाको उद्गमस्थल चीनभन्दा लगभग चार गुणा अगाडि रहेको छ । मृत्यु पनि चीनको तुलनामा तेब्बर भन्दा बढी छ । पछिल्लो समय अमरिका कोरोना भाइरस संक्रमणका हिसाबले सबैभन्दा बढी प्रभावित बनेका इटाली र स्पेनभन्दा पनि अघि छ ।


ADVERTISEMENT

# # #


यद्दपी सार्वजनिक स्वास्थ्यसँग सम्बन्धित अमरीरिकी अधिकारी यो भनिरहेका छन् कि उनीहरुको देशमा भाइरसको प्रकोप आफ्नो उच्चतम स्तरभन्दा केही हप्ता पछाडि रहेको छ । तर, यो महामारीले अमेरिकी स्वास्थ्य प्रणालीको कमजोरी छताछुल्ल पारिदिएको छ । यस संकटबाट उम्किन अमेरिकाले जुन किसिमका तरिकाहरु अपनाएको छ, त्यसबाट अमेरिकी प्रणालीको केही गल्ती उजागर भएका छन् । आउनुहोस्, विश्वको ‘सुप पावर’ कहलाएको अमेरिकाका यिनै कमजोरीको चित्रण गरौँ ।

मेडिकल उपकरणको आपूर्तिमा कमी

जसरी अमेरिकामा कोरोना भाइरसको प्रकोप बढ्यो, त्यसरी नै देशका हरेक कुनामा रहेका डाक्टर र अस्पतालले गुहार माग्न सुरु गरे कि उनीहरुसँग मास्क, पञ्जा, व्यक्तिगत सुरक्षा उपकरण र भेन्टिलेटरको अभाव रहेको छ ।

खासगरी सबैभन्दा बढी प्रभावित यी क्षेत्रमा ती स्वास्थ्य उपकरणहरुको एक्दमै कमी भएको गुनासो आयो । कोरोनाविरुद्ध जुधिरहेका स्वास्थ्यकर्मी अत्यावश्यक सामग्रीको अभावमा हैरान थिए । अभावकै बीच एकातिर उनीहरुलाई भाइरसबाट संक्रमित व्यक्तिहरुको उपचार गर्नु थियो अनि अर्कोतिर त्यसको संक्रमणबाट आफूलाई बचाउनु पनि । दुबै उत्तिकै चुनौतिपूर्ण थिए ।

प्रर्याप्त मेडिकल संसाधन नभएका कारण केही अस्पतालमा स्वास्थ्यकर्मीलाई आफ्नो सुरक्षाका लागि प्रयोग गरिसकेका सामान फेरि प्रयोग गर्नु पर्यो वा त्यसको विकल्पमा कामचलाउ चीजले आफ्नो भूमिका निर्वाह गर्नुपर्यो । भेन्टिलेटरको कमीका कारण केही राज्यका अधिकारीलाई एकदमै चिन्तित बनायो । अर्को डर थियो, कतै यस्तो अवस्था नआओस् कि भेन्टलेटर लगाउनका लागि पनि बिरामीको छनोट गर्नुपरोस् ।

कसलाई भेन्टलेटरमा राख्ने,कसलाई नराख्ने भन्नेमा पनि डाक्टरलाई अन्योल हुने अवस्था नआओस् । अवस्था त्यस्तै भयो, जुन उनीहरुले चाहेका थिएनन् । आज मेडिकल उपकरण किन्नका लागि अमेरिकाका राज्य-राज्यबीच बोलकबोल भइरहेको छ, सामानको मूल्यले आकाश छोएको छ ।

अमेरिकीको जर्ज वाशिंटन विश्वविद्यालयमा स्वास्थ्य नीति एवं प्रबन्धका प्राध्यापक जेफरी लेवी अमरीकी सरकार अत्यावश्यक सामानको आपूर्ति सुनिश्चित गर्न पूरै असफल रहेको बताउँछन् । महामारीबाट उम्किनका लागि प्रयाप्त समय हुँदाहुँदै पनि, क्षमता हुँदाहुँदै पनि अत्यावश्यक सामान उत्पादनमा सरकारले कुनै चासो नदेखाएको उनी गुनासो गर्छन् । अझ स्थिति एकदमै कमजोर अवस्थामा पुग्दासम्म पनि अमेरिकी सरकारको रबैयामा कुनै परिवर्तन आएन ।

शंकास्पद व्यक्तिको परीक्षणमा ढिलाई

प्रोफेसर जेफरी लेवीका अनुसार कोरोना भाइरसको भयंकर प्रकोपलाई थाम्नका लागि शुरूमै बढीभन्दा बढी परीक्षण सबैभन्दा प्रभावकारी तरिका हो । ‘यो काम दक्षिण कोरिया र सिंगापुरले गरे । तर, अमेरिकी सरकार यस्तो गर्नमा असफल बन्यो ।’ उनी भन्छन्, ‘यो अमेरिकी प्रशासनको सबैभन्दा ठूलो गल्ती थियो । किनकी यसैका कारण पछि अवस्था बिग्रियो र यसको दुष्प्रभाव अन्य रुपमा पनि सामुन्ने आयो ।’

प्रोफेसर जेफरी बताउँछन् कि यस्ता महामारीबाट बच्नका लागि एउटै तरिका छ, अवस्थाप्रति सजक रहनु र कहाँ के भइरहेको छ, त्यसै अनुसार आफ्नो रणनीति तय गर्नु । यस्तो उपाय अपनाएको भए न त लाखौ संक्रमित राख्ने केन्द्रको जरुरत हुन्थ्यो, न त लकडाउन गर्नुपर्थ्यो ।

अमेरिकामा बढीभन्दा बढी संक्रमितको परीक्षण गर्नुको सट्टा यी जानकारी बिनै सरकारी अधिकारीबाट हावामा तीर चलाइयो । जसले गर्दा संक्रमणले भयावह रुप लियो । आज अमेरिकी अर्थतन्त्रको गाडि धर्मराएको छ । लाखौँ मानिस बेरोजगार भएका छन् ।

मार्चको मध्यतिर अमेरिकी सरकारले महिनाको अन्तिमसम्म ५० लाख मानिसमा भाइरस परीक्षण गर्ने बताएको थियो । तर, प्राप्त तथ्यांकको स्वतन्त्र विश्लेषण गर्दा करिब ३३ करोड जनसंख्या रहको अमेरिकामा  ३० मार्चसम्म केबल १० लाख मानिसमा मात्रै कोरोना भाइरसको परीक्षण गरियो ।

सूचनाका नाममा प्रचारबाजी र राजनीतिक टकराव

मंगलबार अपरान्ह आफ्नो प्रेस सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको यथार्थ अवस्थाबारे चित्रण गरे । उनले भने, ‘म हरेक अमेरिकी नागरिकसँग आग्रह गर्न चाहन्छु कि आउने मुस्किल दिनका लागि तयार रहनुहोस् ।’

ट्रम्पपछि उनका सार्वजनिक स्वास्थ्य सल्लाहकारले पनि यस्तै बयान दिए । जबकी एक हप्ता पहिलेसम्म स्वयम् राष्ट्रपति ट्रम्प दाबी गरिरहेका थिए, ‘अप्रिलको मध्यसम्म अवस्था सामान्य हुनेछ र आर्थिक कारोबार फेरि सुरु हुनेछ ।’

जतिबेला जनवरी र फेब्रुअरी महिनामा, कोरोना भाइरसको प्रकोपले चीन लर्खराइरहेको थियो, इटालीमा पनि ठूलो संख्यामा भएको मृत्युको कारण अवस्था डरलाग्दो देखिन थालेको थियो, त्यस बेला पनि राष्ट्रपति ट्रम्पले कोरोना भाइरसबाट अमेरिकाको सम्भावित खतरालाई खारेज गर्दै थिए । अमेरिकामा भाइरस संक्रमणको शुरु भएको जानकारी प्राप्त हुँदासम्म पनि डोनाल्ड ट्रम्प आफैं र उनको सरकारका अन्य अधिकारीहरू भनिरहेको थिए कि परिस्थिति नियन्त्रणमा छ र गर्मीमा यस्तो जादू हुनेछ कि यो समस्या ‘छु मन्तर’ हुनेछ ।

सरकारको शीर्ष नेतृत्वले निरन्तर गलत बयान दिइरहनु अमेरिकाका लागि ठूलो समस्या साबित भयो । प्रोफेसर जेफ्री लेवी भन्छन्, ‘महामारीको सामना गर्ने तयारी निरन्तर परिवर्तन भइरहेको हुन्छ, यस्तो बेला कहिलेकाहीँ तपाईंको सन्देश पनि परिवर्तन हुनसक्छ । तर, यदि अमेरिकी सरकारको बारेमा कुरा गर्नहुन्छ भने तपाईंले देख्नुहुनेछ कि सरकारले ल्याएका हरेक कदमका पछाडि ‘कोर्रा’ पनि थियो । जसबाट विपक्षीलाई निशाना बनाउने प्रयास गरिएको थियो ।’ यसले गर्दा राजनीतिक टकराब पैदा भएको र केही व्यक्तिहरु यसबाट फाइदा लिनतिर लागेको प्रोफेसर जेफ्रीको बुझाई छ ।

यस बाहेक, राष्ट्रपति डोनाल्ड ट्रम्प पनि आफ्नो डेमोक्रेटिक पार्टीका गभर्नरहरुसंग उल्टो रुपमा प्रस्तुत भए । त्यस्तै उनले न्यूयोर्क डेमोक्रेटका गभर्नर एन्ड्र्यू कुओमाको खुलेर आलोचना गरे।

विफल बन्यो ‘सामाजिक दूरी’को उपाय

अमेरिकाको फ्लोरिडा राज्यको समुद्री तटहरू वसन्त बिदा मनाउने कलेज विद्यार्थीहरूले भरिएका थिए । न्यू योर्कका मानिसहरु रेलका डिब्बाहरुमा कोचाकोच भएर यात्रा गरिरहेका थिए । हजारौं मानिस अझै अझै लुइसियाना राज्यको एउटा चर्चमा भेला भइरहेका छन् । जबकि त्यहाँका पादरी टोनी स्पेलविरुद्ध मानिसहरुको भीड बढाएको भन्दै आपराधिक मुद्दा दर्ता गरिएको छ ।

यसका बाबजुद पनि पादरी टोनी स्पेलले एक स्थानीय टिभी च्यानललाई भने, ‘कोरोना भाइरस राजनीतिक रूपले प्रेरित छ। हामी हाम्रो राजनीतिक अधिकारलाई दिलो ज्यान दिएर माया गर्छौँ । जसले जेसुकै भने पनि हामी भेला हुने र प्रार्थना गर्ने कामलाई जारी राख्नेछौँ ।’

तपाईंले देशभरि त्यस्ता धेरै उदाहरणहरू भेट्टाउनुहुनेछ । जो स्वास्थ्य अधिकारी र यससँग सम्बन्धित पेसेवरको चेतावनी र अपीललाई बेवास्ता गर्दै घनिष्ठ सामाजिक सम्पर्क बनाइरहेका छन् । फ्लोरिडा समुद्री किनारमा हिंडिरहेका एक व्यक्तिले सीबीएस न्यूज च्यानललाई भनेका थिए, ‘यदि मलाई कोरोना संक्रमण हुन्छ भने होस्, म त्यसका लागि तयार छु, तर यसैका डरले म पार्टी गर्न रोकिन्न।’

राष्ट्रपति ट्रम्पले यूरोपेली देशबाट अमेरिका आउनेहरुमाथि लगाएको रोक लगाउने आदेशले गर्दा विमानस्थलमा मानिसहरुको भीड लाग्यो । जसको कारण पहिले नै फैलिएको आगोमा पेट्रोल छर्किए झैँ संक्रमण व्यापक रुपमा फैलियो । जसले गर्दा भाइरस रोक्ने योजनामा धक्का लाग्यो ।

–बीबीसी