पर्सा – भारतको दिल्लीमा कोरोना भाइरस संक्रमण फैलाउन भूमिका खेलेको भनिएको मुस्लिमको धार्मिक सभामा सहभागी भइ नेपाल प्रवेश गरेको आशंकामा पर्साबाट प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT


प्रहरीले दिल्लीबाट आएका उनीहरुलाई बुधबार राति पर्साको पटेर्वासुगौली गाँउपालिका–१ स्थित मस्जिदबाट नियन्त्रणमा लिएको हो । दिल्लीको मरगज निजामुदिन दरगाहमा आयोजित तीन दिने आन्तराष्ट्रिय तबलीगी जमात (धार्मिक सभा) मा सहभागी भइ पर्सामा छिरेको आशंका गरिएको छ । यद्दपी उनीहरुलेआफूहरु दिल्लीको सभा सहभागी नभएको बताएका छन् ।


ADVERTISEMENT

# # #


नियन्त्रण पश्चात उनीहरुलाई वीरगन्जको सिद्धार्थ माविमा निर्माण गरिएको कोरेन्टाइनमा राखेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी लालितकुमार बस्नेतले जानकारी दिएका छन् ।

प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएका सबै ११ जना रौतहट घर भएका मुस्लिम समुदायका मानिस हुन् । रौतहटको यमुनामाइ गाउँपालिका ३ हजमीनियाका ६ , वडा नम्बर ४ सरुअठाका १ , राजपुर नगरपालिका २ फतुहा महेशपुरका ४ जना छन् ।

तस्बिर : रासस