काठमाडौं


ADVERTISEMENT


कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले ओम्नी समूहसँग गरेको स्वास्थ्य सामाग्री खरिद सम्झौता रद्ध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागले तोकिएको समयमा आवश्यक सामाग्री उपलब्ध गराउन नसक्ने भएकाले सम्झौता रद्ध गरिएको जनाएको हो ।


ADVERTISEMENT

# # #


विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले ओम्नीले सम्झौताअनुसार काम गर्न नसकेकाले धरौटी जफत गरी कालोसूचीमा राख्ने प्रक्रिया अघि बढिसकेको जानकारी दिनुभयो । तत्काल आवश्यक सामाग्री भएकाले केही बढी मूल्य तिरेर भएपनि खरिद गर्ने प्रयास भएपनि त्यो सम्भव नभएपछि पुनस् टेण्डर आह्वानका लागि छलफल भइरहेको महानिर्देशक श्रेष्ठले बताउनुभयो ।

सरकारले ललितपुरमा रहेको ओम्नी समूहको ओबीसीआई प्राइभेट लिमिटेड कम्पनीमार्फत सवा एक अर्ब रुपैयाँ बराबरको स्वास्थ्य सामग्री मगाएको थियो । नेपाल वायु सेवा निगमको विमान नै पठाएर ती सामाग्री ग्वान्जाउबाट आइतबार काठमाडौं ल्याइएको थियो ।

सरकार र आयातकर्तासँग भएको सम्झौतामा १ अर्ब २४ करोड रुपैयाँ बराबरका ती सामग्री तीन पटकमा नेपाल ल्याइसक्ने उल्लेख थियो ।

सरकारले खरिद गरेका स्वास्थ्य सामग्रीमा गगल्स, गाउन, जाँच गर्ने पञ्जा, सफाइमा प्रयोग हुने पञ्जा, एन–९५ मास्क, डिस्पोजेबल जुत्ता तथा अनुहार छोप्ने सामग्री, इन्फ्रारेड थर्मोमिटर, कोरोना परीक्षण गर्ने पोर्टेबल पीसीआर मेसिन, पोर्टेबल पीसीआर रिएजेन्ट, संक्रमण परीक्षण किट, नमुना संकलन गर्ने ट्युबहरु थिए ।