काठमाडौँ – नेपाल बैंक लिमिटेडले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सातै प्रदेश सरकारलाई जनही रु पाँच लाख सहयोग गर्ने भएको छ ।


ADVERTISEMENT


बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सातै प्रदेशका सरकारले स्थापना गरेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण कोषमा रु पाँचरपाँच लाख सहयोग गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


बैंकले यसअघि कोरोना भाइरसको सम्भावित सङ्क्रमण, रोकथाम र नियन्त्रणका लागि सङ्घीय सरकारबाट भएको पहलकदमीलाई साथ दिन संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रु एक करोड आर्थिक सहयोग प्रदान गरेका थियो ।

योसँगै कोरोना भाइरस सङ्क्रमण रोकथाममा बैंकको तर्फबाट कूल रु एक करोड ३५ लाख योगदान भएको प्रवक्ता अधिकारीले जानकारी दिए ।