काठमाडौं । कोरोना भाइरस (कोभिड १९) महामारी रोकथामको लागि नेपाल सरकारले अंगिकार गरेको लक डाउन नीतिको कारण असहाय, अपांग, फरक क्षमता भएका व्यक्तिहरू तथा ज्यालादारी गरी गुजारा चलाउने व्यक्तिहरु समस्यामा पर्न गई दैनिक खाना खान समेत मुस्किल परेको बिषम परिस्थितिमा महानगरीय प्रहरी कार्यालयको बिशेष पहल एवं बिभिन्न बैंकहरुसंगको सहकार्यमा निशुल्क खाद्य सामाग्री वितरण अभियान अन्तर्गत Nepal Human Service Organization Manamaiju मा रहेका ३० जना, काठमाण्डौ, नव जीवन समाज, फुटुङ काठमाण्डौमा रहेका २०जना यसै गरी पवित्र समाज सेवा टोखामा रहेका ५५ जना र महानगरीय प्रहरी कार्यालयको हटलाईमा फोन सम्पर्क गर्ने दैनिक ज्यालादारी मजदुरहरु २ जनालाई महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेल आफै उपस्थित भई अत्यावश्यक खाद्य सामाग्री वितरण गरेका छन् ।


ADVERTISEMENT


मुलुक लकडाउनको यस बिषम परिस्थितिमा भोको पेटकै कारण सिर्जित हुन सक्ने बिभिन्न अपराधहरु (चोरी, डकैति, हत्या, हिंसा,ठगी) रोकथाम तथा नियन्त्रणका साथै मानव सेवाको ध्येयले यस अभियानलाई लक डाउन अवधिभर विहान ९ बजे देखि साझँ ६ बजे सम्म निरन्तर संचालन गरिने डीआईजी पोखरेलले बताए ।


ADVERTISEMENT

# # #


लक डाउन अवधिभर उपत्यकामा रहेका कोहि कसैले खाद्य सामाग्री अभाव भएमा नजिकको प्रहरी कार्यालय वा महानगरीय प्रहरी कार्यालयको हटलाईन नम्बर १०० मा फोन गरी आफ्नो गुनासो टिपाउनु हुन समेत डीआईजी पोखरेलले अनुरोध गरेका छन् ।