काठमाडौं । चीनबाट उत्पादन भएका कोरोना भाईरस टेस्टिङ किट र भेन्टिलेटरहरुमा गुणस्तरको प्रश्न उब्जिएको छ ।


ADVERTISEMENT


स्पेनमा चिनियाँ सामाग्रीको गुणस्तरमाथि प्रश्न उठेको हो । स्पेनको एक पत्रिकाले चिनियाँ कम्पनी बायोइजी कम्पनीले निर्माण गरेको किटले ३० प्रतिशत मात्र सही नतिजा दिने गरेको बताएको छ ।


ADVERTISEMENT

# # #


यस्तै, फिलिपिन्सका अधिकारीले पनि शनिबार चिनियाँ किट्समा खराबी रहेको बताएका छन् । तर, अहिले उक्त किट्स नाम नखुलेको कम्पनीले ल्याएको बताईएको छ ।

किट्स निर्माणको प्रक्रिया जटिल छ ।

चीन यसअघि कहिलै पनि मेडिकल उपकरणमा अगाडि देखिएको थिएन । सधैं युरोपेली र अमेरिकी कम्पनीले विश्वको मेडिकल बजारमा आफ्नो राम्रो प्रभाव छाडेका थिए । तर, कोरोना भाइरसको सन्त्रास बढेसंगै चीनले पुरानो झन्झटिलो प्रक्रियालाई खुल्ला गर्दै धमाधम त्यस्ता सामग्री उत्पादनमा छुट दिएको छ । यस्ले बिश्व बजारमा चिनिया त्यस्ता मेडिकल उपकरणहरुको गुणस्तरमा शँका र प्रश्न उठ्न थालेको छ ।

डिसेम्बर अन्तिममा चीनको वुहानमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसंगै मेडिकल उपकरणहरुको माग बढेको समयमा चीनले अन्य कम्पनीलाई पनि स्वास्थ्य सामग्री उत्पादनको आपतकालीन अनुमति दिने निर्णय गर्‍यो । त्यही निर्णयमा आधारित रहँदै नान्जियाङ लिमिङ बायो–प्रोडक्टसले आपतकालीन रुपमा मेडिकल सामग्री उत्पादन तथा बिक्रीको अनुमति पायो ।

नान्जियाङ लिमिङ बायो–प्रोडक्टसका संस्थापक जाङ सुवेन आपतकालीन अनुमति नदिएको भए आफूले मेडिकल सामग्री उत्पादनकालागि आवेदन भने नदिने बताउँछन् । किनकी चीनमा यस्ता कम्पनी खोल्न निकै लामो समयसम्म अनुमतिका लागि पर्खनुपर्ने हुन्छ ।

सरकारबाट अनुमति पाएपछि कम्पनीले कोरोना भाइरस पत्ता लगाउने टेस्टिङ किट उत्पादन सुरु गर्‍यो । तर, बिस्तारै चीनमा यो भाइरसको प्रकोप सुरुकोभन्दा नियन्त्रणमा आयो । यससँगै आन्तरिक माग घट्यो । त्यसपछि कम्पनीले आफ्नो उत्पादन चीन बाहिर निर्यात गर्ने निर्णय गर्‍यो ।

फेब्रुअरीमा जाङले चीनबाट निर्यात गरेर टेस्टिङ किट बिक्रीका लागि युरोपेली युनियनमा आवेदन दिए ।

अहिले कम्पनीमा इटाली, स्पेन, अष्ट्रिया, हंगेरी, फ्रान्स, इरान, साउदी अरेबिया, जापान र दक्षिण कोरिया जस्ता मुलुकबाट मेडिकल उपकरणको उल्लेख्य माग आइरहेको छ । बढ्दो मागसँगै कम्पनीले २४ घण्टा नै आफ्नो उत्पादन सञ्चालन गर्ने तयारी गरेको छ । आपतकालिन अवस्थामा चीनले आफ्ना लागि प्रक्रिया र गुणस्तरको मापन नगरी सञ्चालन गर्न दिएका कम्पनीहरुले नै अहिले बिश्वब्यापी रुपमा मेडिकल सामग्री बेचिरहँदा प्रतिकुल समयको स्वास्थ्यमा गम्भिर पश्न उब्जिएको भन्दै चिन्ता व्यक्त गरिएको छ ।