नयाँ दिल्ली — भारतीय क्रिकेट बोर्ड बीसीआईले कोरोना भाइरस (कोभिड १९)को संक्रमणविरुद्धको अभियानका लागि ५१ करोड भारतीय रुपैंया सहयोग गर्ने भएको छ । यो रकम भारतीय प्रधानमन्त्री राहत कोषमा जानेछ ।


ADVERTISEMENT


विश्व खेलकुदकै सर्वाधिक धनी संस्था बीसीआईले प्रेस विज्ञप्ती जारी गर्दै यो रकम प्रकोप व्यवस्थापनमा प्रयोग हुने जनाएको छ। अहिले भारतीय खेलकुद क्षेत्रले भाइरसको संक्रमणविरुद्धको अभियानमा आर्थिक सहयोग गर्ने क्रम चलिरहेको छ।


ADVERTISEMENT

# # #


यसअघि भारतीय पूर्व खेलाडी सचिन तेन्दुलकरले ५० लाख भारतीय रुपैंया त्यसका कोषमा प्रदान गरेका थिए।

यस्तै बीसीआईका अध्यक्ष तथा पूर्व क्रिकेट खेलाडी शौरभ गांगुलीले पनि निम्न आय भएका भारतीयलाई सहयोग हुने किसिमले ५० लाख भारतीय रुपैंया प्रदान गरेका थिए।