अमेरिका-  न्यूयोर्क सहरमा कोरोना भाइरसको प्रकोप भयावह हुँदै गर्दा न्यूयोर्कवासी नेपाली प्रभावित बनेका छन् ।


ADVERTISEMENT


संक्रमितको विवरण अस्पतालले गोपनीयताका कारण दिन नमिल्ने भएकोले नेपाली समूदायमा संक्रमणको संख्या अनुमान मात्र रहेको छ ।


ADVERTISEMENT

# # #


केही दिनअघि कोरोना संक्रमणबाट मृत्यु भएका अनिल सुब्बा ९लिम्बु०को दाहसंस्कार शनिबार भएको छ ।

नेपाली जनसम्पर्क समितिका अध्यक्ष आनन्द विष्टले न्यूयोर्कमा करिब ३ सय नेपालीलाई कोभिड १९ को संक्रमण भएको अनुमान गरिएको बताए । विष्टका अनुसार व्यक्तिगत रुपमा कोरोना पोजेटिभ देखिएकाहरुले पनि उनलाई सम्पर्क गर्ने गरेका छन् । उनले भने, ँतर संक्रमण भए पनि नेपालीहरुमा रोग लुकाउने क्रम बढेको छ ।”

हालसम्म न्यूयोर्कमा मात्रै ५३ हजार ५ सय २० संक्रमित छन् भने न्यूयोर्कमा ८ सय ३४ जनाको मृत्यु भएको छ ।