विराटनगर – कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन लकडाउनलाई थप प्रभावकारी बनाउन प्रदेश १ सरकारले सुरक्षा समितिलाई १ करोड ६८ लाख रुपैयाँ दिने निर्णय गरेको छ । कोरोना विरुद्धको अभियानमा खटेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई अतिरिक्त सुविधा प्रदान गर्ने पनि प्रदेश सरकारले निर्णय गरेको हो ।


ADVERTISEMENT


मुख्यमन्त्री शेरधन राईको अध्यक्षमा बसेको प्रदेश १ कोरोना जनसुरक्षा कोष सञ्चालक समितिको बैठकले प्रदेशका सुरक्षा समितिहरुलाई १ करोड ६८ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । कोष सञ्चालकक समितिको बैठकले नेपाली सेनालाई क्वरेन्टाईनको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

# # #