काठमाडौँ – कोभिड–१९ का कारण अहिले विश्व नै प्रभावित भएका बेला नेपालको सरकारी र निजी क्षेत्रलाई रोकथाम र नियन्त्रणका लागि अझ सक्रिय हुन नागरिक क्षेत्रका अगुवाले आग्रह गरेका छन् ।


ADVERTISEMENT


सबै तहका सरकारलाई अन्तरराष्ट्रिय समुदायलाई विश्वासमा लिएर महामारीविरुद्ध लड्न र कालोबजारीलाई कारवाही गर्न आग्रह गर्दै ती अगुवाले आज अपिल जारी गरेका हुन् ।


ADVERTISEMENT

# # #


विज्ञप्तिमा ज्यालामजदूरी गर्ने श्रमिक, खेतिपाती गरेर जीविकोपार्जन गर्ने किसान, वृद्धवृद्धा, अपाङ्ग र सुकुम्बासी सबैभन्दा बढी प्रभावित हुने भएकाले उनीहरुका लागि तुरुन्तै आर्थिक सहयोगको कार्यक्रम सार्वजनिक गर्न सुझाव दिइएको छ । यसरी अपिल जारी गर्नेहरुमा राष्ट्रकवि माधवप्रसाद घिमिरे, संस्कृतिविद् सत्यमोहन जोशी, पूर्वमन्त्री शान्ता मानवी, अधिकारकर्मी डा. गौरीशंकर लाल दास, वरिष्ठ पत्रकार भैरव रिसाल, पूर्वप्रमुख निर्वाचन आयुक्त प्रा डा वीरेन्द्र मिश्र, पूर्वसचिव डा द्वारिका ढुङ्गेल रहेका छन् ।

यस्तै वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, मेजर त्रिलोकसिंह थापा, हिमालय शमशेर राणा, दीपक ज्ञवाली, शिक्षाविद् प्रा डा त्रिरत्न मानन्धर, डा राजेश अहिराज, सहायरथी डा प्रेमसिंह बस्न्यात, कनकमणि दीक्षित, गणेशकुमार मण्डल, शान्ता श्रेष्ठ, ज्ञानमणि नेपाल, पत्रकार भरतराज पोखरेलले पनि सचेत रहन अपिल गरेका छन् ।