झापा, बिर्तामोड । झापाको बिर्तामोड स्थित बीएन्डसी अस्पतालका प्रमुख दुर्गा प्रसाईंले आफ्नो अस्पताल राज्यलाई दिने घोषणा गरेका छन् । बिश्वव्यापी संक्रमण फैलाईरहेको कोरोना भाईरसको सन्त्रासका समयमा प्रसाईले आफ्नो अस्पताल राज्यलाई दिएर सहयोग गर्ने बचन दिएका हुन् ।


ADVERTISEMENT


झापाको विर्तामोडमा रहेको अस्पतालमा २५ बेडको भेन्टिलेटर, १ सय बेडको आईसीयु, ८ सय नर्मल बेड, १०५ जना डाक्टर, ९०० जना स्वास्थ्यकर्मी र कर्मचारी रहेका छन् ।


ADVERTISEMENT

# # #