काठमाडौँ – विश्वव्यापीरूपमा कोरोना भाइरसको त्रास फैलिएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न अपराध अनुसन्धानको लागि हिरासतमा राखेका आरोपीलाई मुद्दाको प्रकृति हेरी रिहा गरेर प्रहरी हिरासतको चाप घटाउने रणनीति लिएको छ ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले गम्भीर प्रकृतिबाहेक प्रहरी हिरासतमा रहेका सामान्य प्रकृतिका मुद्दाका अभियुक्तलाई रिहा गरेर चाप घटाउन लागेको बताए । कोरोना भाइरस सङ्क्रमणको त्रास रहेका बेला प्रहरीको हिरासतमा थुनामा भीडभाड हुँदा असुरक्षा हुने भएको हुँदा प्रहरीले थुनुवालाई छिट्टै मुद्दा हेर्ने निकायमा पेश गरेर पुर्पक्षका लागि थुनामा वा रिहा गरिरहेको छ ।


ADVERTISEMENT

# # #


प्रहरी उपरीक्षक बस्नेतले कोरोना सर्ने खतराका कारण सामान्य प्रकृतिका मुद्दाका थुनुवालाई रिहा गर्ने रणनीति रहेको बताए । प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले आइतबार १२ थुनुवालाई मुद्दा हेर्ने निकायमा पेश गरिएकामा चार पुर्पक्षका लागि थुनामा पठाइएको र आठ जनालाई रिहा गरिएको जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक कार्कीले आज पनि १० थुनुवालाई मुद्दा हेर्ने अधिकारीसमक्ष पेश गरिरहेको बताए । प्रहरी कार्यालयको हिरासतमा ६० जना थुनामा छन् ।