काठमाडौँ – नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले रकम स्थानान्तरण सेवा निःशुल्क उपलब्ध गराउने भएको छ ।


ADVERTISEMENT


विश्वभर फैलिएको कोरोना भाइरसको त्रासका कारण नेपालमा उत्पन्न भएको स्थितिलाई ध्यानमा राखी भिडभाड र हुलमुल कम गर्नको लागि चैत्र ९ (आइतबार) देखि आउँदो बैशाख १८गतेसम्मको लागि रकम स्थानान्तरण सेवा निशुल्क गर्ने भएको हो ।


ADVERTISEMENT

# # #


सरकारबाट कुनै पनि प्रकारको भिडभाड र हुलमुल नगर्न आग्रह गरेकाले सेलपेका ग्राहकहरुले सेलपे एप्पबाट घरमै बसी सरल र सहज माध्यमबाट वास्तविक समयमा कुनै पनि सेलपेमा आवद्ध भएका बैंकहरुका ग्राहकलाई रकम स्थानान्तरण गर्दा कुनै पनि सेवा शूल्क नलाग्ने ब्यवस्था मिलाईएको छ ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, एद्दए, एद्दद्य, द्यद्दए, द्यद्दद्य आदि वास्तविक समयमा गर्न सकिन्छ ।

यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुने र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्ने कम्पनीले जनाएको छ ।