काठमाडौं– कोरोना संक्रमणका कारण बैदेशिक रोजगारीमा जान नपाएकालाई सरकारले स्वदेशमै रोजगार उपलब्ध गराउने भएको छ । सरकारका प्रबक्ता अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले इच्छुकलाई प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार उपलब्ध गराउने तयारी सरकारको रहेको बताउनुभयो ।


ADVERTISEMENT


बैदेशिक रोजगारीमा परेको असरका कारण विप्रेषण आप्रवाह घटी मुलुकको अर्थतन्त्रमै असर गर्छ भन्ने भ्रममा नपर्न समेत मन्त्री खतिवडाले आग्रह गर्नुभयो । बैकिङ तरलता सहज भएकाले विप्रेषण आप्रवाह कम हुँदा मुद्रा र पूँजी बजारमा कठोर अवस्था श्रृजना नहुने उहाँको भनाई थियो ।


ADVERTISEMENT

# # #


कोरोनाको सबैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा परेको भन्दै मन्त्री खतिवडाले पर्यटन व्यवसायलाई आर्थिक संकटमा पर्न नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । नेपालको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ३ प्रतिशत छ ।

व्यवसायीहरुलाई व्याज र आयकर छुट दिनेसम्बन्धमा छलफल भइरहेको उहाँले बताउनुभयो । नियमित आर्थिक क्रियाकलापहरु स्वभाविक रुपमा जारी रहेको भन्दै मन्त्री खतिवडाले आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो ।