काठमाण्डौ – सरकारले बिहीबारदेखि ७० लाख बालबालिकालाई तीन हप्ता घरमै बस्न भनेको छ । कक्षा १ देखि ९ सम्मको परीक्षा सकिएपछि बिहीबारदेखि ७० लाख बालबालिका तीन हप्ता घरमै बस्न भनेको हो ।


ADVERTISEMENT


कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण फैलिने डरले सरकारले कक्षा १ देखि ९ सम्मको परीक्षा बुधबारसम्ममा सक्न यसअघि नै निर्देशन दिएको थियो । त्यही निर्देशन अनुसार बुधबारसम्ममा देशभरका सबै विद्यालयले परीक्षा सक्ने तयारी गरेका छन् ।


ADVERTISEMENT

# # #


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना निकालेर बुधबार परीक्षा सकिएपछि विद्यालयमा सांस्कृतिक कार्यक्रम, वार्षिक अभिभावक दिवस, नतिजा सार्वजनिक नगर्न, प्रवेश परीक्षा वा भर्नाका नाममा भिडभाड वा आम भेला नगर्न सबैसँग अनुरोध गरेको छ ।

यस्तै मन्त्रालयले घरबाहिर नजान पनि सबैसँग आग्रह गरेको छ । मन्त्रालयले बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसईईको तयारी पूरा भएको जनाएको छ ।

बिहीबारदेखि आउँदो १७ गते सोमबारसम्म देशभरका एक हजार ९ सय ९५ परीक्षा केन्द्रमा चार लाख ८२ हजार दुई सय १९ जनाले परीक्षा दिने तयारी छ । सात सय ५३ वटै पालिकालाई हेल्थ डेस्क राख्न पनि मन्त्रालयले आग्रह गरेको छ ।