काठमाडौं । नेपालमानै पहिलो पटक निम्न आर्थिक अवस्था भएका वालवालिकाहरुको प्रतिभालाई उजागर गर्नका लागि डिशहोमले फरक टेलिभिजन कार्यक्रम निर्माण तथा प्रशारण गर्न थालेको छ । नेपाल भरीका विभिन्न सरकारी विद्यालय तथा बाल संस्थामा ४ सय भन्दा वढी वालवबालिकाहरुको अडिसन पछि छानिएका ४० जनाको प्रतिभा प्रस्तुत गर्ने मञ्चको रुपमा सुनौलो तारा कार्यक्रम सुरु गरेको डिस होमले जनाएको छ ।


ADVERTISEMENT


डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा चैत १ गते शनिवार देखि प्रशारण शुरु हुने कार्यक्रम हरेक हप्ता शुक्रवार र शनिवार राती ८ः३० वजे प्रशारण हुनेछ । रियालिटी टिभी डिशहोमको सम्पुर्ण प्याकेजका ग्राहकहरुको लागि उपलव्ध गराईएको छ ।


ADVERTISEMENT

# # #


सुशीला आर्टस् एकेडेमीको परिकल्पनामा तयार गरिएको कार्यक्रमलाई सिल्भर माउण्टेन स्कुल अफ होटल म्यानेजमेन्टले सह प्रायोजन गरेको छ । कार्यक्रममा प्रथम, द्वितीय र तृतीयहुने सहभागीहरुलाई क्रमशः नगद रु ५ लाख, ३ लाखर १ लाख डिशहोमले प्रदान गर्नेछ साथमा अन्यआकर्षक पुरस्कारहरु पनि विजेताले प्राप्त गर्ने जनाईएको छ ।