काठमाडौं : नेपालस्थित अमेरिकी राजदूताबासले आजबाट लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरू लागि रद्द गरेको छ । कोभिड–१९ का कारण तत्काल कुनै पनि अपोइन्टमेन्ट लिन नसकिने र यसअघि लिइएका अपोइन्टमेन्ट पनि रद्द गरेको दूतावासद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।


ADVERTISEMENT


‘हामी जतिसक्दो चाँडो भिसा सेवा पुन–सञ्चालन गर्नेछौँ दूताबासले भनेको छ, ‘तर यस बखत भने निश्चित समय तोक्न असमर्थ छौँ ।’ यस्तै एमआरभी शुल्क जुन मुलुकमा भुक्तानी गरिएको हो सोही मुलुकमा भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहने दूताबासले जनाएको छ ।


ADVERTISEMENT

# # #