काठमाडौं  – कतारमा रहेको नेपाली दूतावासले अस्थायी रुपमा कन्सुलर सेवा बन्द गर्ने भएको छ ।
कोरोनाको भाइरस (कोभिड १९) को संक्रमणलाई ख्याल गर्दै आगामी चैत्र २ गतेदेखि अर्को सूचना जारी नभएसम्म अस्थायी रुपमा बन्द गरिने दूतावासले जनाएको छ ।


ADVERTISEMENT


पासपोर्ट सम्बन्धी, मागपत्र प्रमाणीकरण, यात्रा अनुमती र मृतकका शव पठाउने काम नियमित रुपमा हुने दूतावासले जनाएको छ ।
कतारले कोरोनाको संक्रमणको फैलन नदिन अस्थायी रुपमा शैक्षिक संस्था, रेष्टुरेण्ट तथा क्याफेहरू समेत बन्द गरेको दूतावासको सूचनामा उल्लेख छ । कतारमा अहिलेसम्म २ सय ६२ जनामा कोरोनाको संक्रमण देखिएको छ ।


ADVERTISEMENT

# # #


दूतावासले नेपालीलाई सूरक्षित रहन विभिन्न सतर्कता अपनाउन समेत आग्रह गरेको छ । कतारमा चार लाख भन्दा बढी नेपाली नागरिक रहेको बताईन्छ । यता कतारले नेपाल सहित १४ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरे सँगै नेपाल सरकारले पनि कतार जाने नेपाली कामदारको श्रम स्वीकृति बन्द गरेको छ ।