काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन भन्दै भारतले पर्यटक भिसा निलम्बन गरेको छ । तर भारतले जारी गरेको यात्रा प्रतिबन्धले नेपाली नागरिकलाई असर नगर्ने भएको छ । काठमाडौंस्थित भारतीय दूतावासले भनेको छ, ‘यसले हवाई तथा स्थल मार्गद्वारा भारततर्फ यात्रा गर्ने नेपाली नागरिकलाई कुनै असर गर्ने छैन ।’


ADVERTISEMENT


धेरै संक्रमण देखिएका ७ देशबाट आउनेहरुलाई १४ दिन क्वारेन्टाइनमा राख्ने समेत भारत सरकारले निर्णय गरेको छ ।


ADVERTISEMENT

# # #


विश्वभर फैलिएको कोभिड–१९ ले जनस्वास्थ्य तथा सुरक्षामा निम्त्याएको जटिलतालाई ध्यानमा राख्दै यात्रा प्रतिबन्धको निर्णय गरिएको भारतले जनाएको छ ।

कोभिड–१९ को लक्षण देखिएमा वा यसको प्रभाव देखिएको ७ मध्ये कुनै देशमा हालै भ्रमण गरेको पाइएमा १४ दिन क्वारेन्टाइनमा राखिने बताईएको छ ।