काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले अब पार्टी कहिल्यै पनि फुट्न नदिने कसम खाएका छन् ।


ADVERTISEMENT


बुधबार काठमाडौंको राष्ट्रिय सभागृहमा राप्रपा र राप्रपा संयुक्त एकता घोषणा सभा सम्बोधन गर्दै अध्यक्ष थापाले फेरि पार्टी फुट्छ कि भन्ने आशंका नराख्न कार्यकर्ताहरूलाई आग्रह गरे। हिन्दू धार्मिक ग्रन्थ गीता हातमा लिँदै थापाले आफू पार्टी फटाउन नलाग्ने कसम खाएका हुन् ।


ADVERTISEMENT

# # #


अध्यक्ष थापा र पशुपतिशम्शेर जवराले एकीकरण पत्र आदानप्रदान गर्दा कार्यकर्तालेछोएर अब पार्टी फुट्दैन भन्न गरेको आग्रहलाई थापाले स्वीकार गरे। थापाले खल्तीबाट गीताको पुस्तक निकाल्दै भने, ‘पार्टीलाई माया गर्ने साथीहरूलाई साक्षी राखेर प्रतिज्ञा गर्दछौं, म कहिल्यै पनि पार्टी फुटाउने छैन। तपाईंहरूलाई विश्वास लागेन ? मैले गीता ल्याएको छु। यो गीता हातमा राखेर म भन्छु, राप्रपा फुट्दैन।’

उनले पार्टीलाई माया गर्ने कार्यकर्तालाई र मतदातालाई अब राप्रपा कहिल्यै पनि फुट्ने छैन भन्ने विश्वास दिलाउनुपर्ने बताए। पार्टी फुटमा नेतालाई मात्रै गाली गरेर नहुने भन्दै उनले कार्यकर्ताले हस्ताक्षर नगर्ने हो भने पार्टी कहिल्यै पनि नफुट्ने दाबी गरे ।

अध्यक्ष थापाले यसअघि पार्टी फुटेको तीता मिठा घटनालाई बिर्सने पनि बताए । ‘विगतका तीता घटनाले पीडा भए पनि आगामी दिनमा कुनै पनि आग्रह पूर्वाग्रह साथीहरुका बीचमा राख्ने छैन’ उनले भने । थापाले कार्यकर्तालाई पनि उनले नेताको पछाडि होइन, नीतिको पछाडी र व्यक्तिको पछाडि होइन विचारको पछाडी लाग्न आग्रह गरे ।