काठमाडौँ– करिब दुई महिना अघि चीनको पूर्वी क्षेत्र उहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वको चुनौतिका रुपमा खडा भएको छ । एक सयभन्दा बढी देशहरुमा कोरोनाका संक्रमितहरु भेटिसकेका छन् । यसको संक्रमण अझ तीव्र रुपमा विश्वभर फैलिरहेको छ ।


ADVERTISEMENT


कारोनाको सन्त्रास र कहरकै कारण कतिपय देशहरुले अन्तर्राष्ट्रिय उडान बन्द गरेका छन् र विदेशी आवागमनमा समेत तत्काललाई पूर्णविराम लगाएका छन् ।


ADVERTISEMENT

# # #


नेपालमा कोरोना भेटिएको आधिकारिक पुष्टि नभएपनि कोरोना संक्रमित देशहरुबाट नेपाल आउनेहरुका लागि अनलाइन भिसा दिन बन्द गरिएको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा समेत नेपाल भित्रिने यात्रुहरुको स्वास्थ्य जाँचका लागि विशेष व्यवस्था गरिएको छ । स्थल मार्गबाट आउनेहरुको पनि स्वास्थ्य परीक्षण गरेर मात्रै नेपाल प्रवेश गर्न दिइएको छ ।

विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या बढेर तीन हजार नाघिसकेको छ । यस्तै करिब सवा एक लाखभन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । जसमध्ये ५० हजार उपचारपछि घर फर्किएका छन् । कोरोनाबाट चीनभन्दा बाहिर सबैभन्दा बढी प्रभावितमा इरान, दक्षिण कोरिया र इटाली रहेका छन् ।

मृत्यु भएकामध्ये बढी वृद्धवृद्धा भएको जनाइएको छ । यद्धपी कयौँ युवाले पनि कोरोनाका कारण अकालमै ज्यान गुमाएका छन् । लाखौ संक्रमित हुँदा पनि कोरोनाका कारण तीन हजार मात्रैले ज्यान गुमाएकाले एउटा प्रश्न उठ्ने गरेको छ कि यसबाट संक्रमित भएपनि मृत्यु हुने सम्भावना कति रहन्छ ? अनुसन्धाताका अनुसार कोरोना भाइरसबाट संक्रमित भएका एक हजारबाट करिब ९ जनाको मृत्यु हुने गरेको छ ।

यद्धपी कोरोना भाइरसबाट संक्रमित भएपछि मृत्यु हुनु वा बाँच्नुमा फरक फरक कारणहरुपनि जोडिएका हुनसक्छन् । जसमा संक्रमित व्यक्तिको उमेर, लिंग र उसको सामान्य स्वास्थ्य अवस्था जोडिन्छ । तर, कुनैपनि व्यक्ति संक्रमित भएपछि उसलाई ठीक हुन वा मृत्यु हुन केही समय भने अवश्य केही समय लाग्दछ ।

कोरोना कति खतारापूर्ण ?

भाइरसका कारण वृद्धवृद्धा, पहिलेदेखि बिरामी व्यक्तिको मृत्यु हुने खतरा अन्यको तुलनामा ज्यादा रहेको अनुसन्धानले देखाएको छ । चीनका ४४ हजार घटनाको अध्ययन बाहिर आएको छ । जसले देखाएको छ कि कोरोनाका कारण ज्यान गुमाउने वृद्धवृद्धाको संख्या युवाको तुलनामा १० गुणा बढी रहेको छ ।

अध्ययनका अनुसार ३० वर्षमूनिका व्यक्तिहरु कोरोना भाइरसका कारण मृत्यु हुनेको दर एकदमै कम रहेको छ । यस उमेर समूहका ४ हजार ५ सय कोरोना संक्रमितमध्ये मात्र ८ जनाले ज्यान गुमाएका छन् । त्यसमा पनि महिलाको तुलनामा ज्यान गुमाउने पुरुषको संख्या बढी रहेको थियो ।

क्षेत्रगत रुपमा हेर्ने हो भने युरापका ८० वर्षीय वृद्धवृद्धाभन्दा चीनका ८० वर्षका वृद्धवृद्धाहरुलाई बढी खतरा रहेको देखिएको छ ।