काठमाडौँ – मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपरेशन थिएटरबाट सघन उपचार कक्ष (आइसीयू)मा सारिएको छ ।


ADVERTISEMENT


त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधबार करिव ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्रीलाई आइसूयूमा सारिएको अस्पताल स्रोतले जनाएको छ । प्रधानमन्त्रीमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालिसकेको अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले जनाएका छन् ।


ADVERTISEMENT

# # #


डा. खड्काका अनुसार प्रधानमन्त्री ओलीलाई आइसीयूमै राखेर थप उपचार गरिनेछ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको र मुख्य सूचकांकहरु राम्रो अवस्थामा रहेको उनले बताएका छन् ।  प्रधानमन्त्री ओलीलाई उनकी भान्जी समीक्षा सङ्ग्रौला कोइरालाले मिर्गौला दान गरेकी छन् । मिर्गौला दान गरेकी समीक्षाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

मिर्गौला प्रत्यारोपणअघि प्रधानमन्त्री ओलीको मङ्गलबार विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको थियो । उनी प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना भएका थिए।

प्रधानमन्त्री ओलीको यो दोस्रोपटकको मिर्गौला प्रत्यारोपण हो । यसअघि उनको विसं २०६४ साउनमा भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।