एसीसी टी–२० इस्टर्न रिजर्न २०२० प्रतियोगितामा नेपालले पहिलो जीत हासिल गरेको छ । पहिलो दुई खेलमा पराजित भएको नेपालले आफ्नो तेस्रो खेलमा थाइल्याण्डलाई ९ विकेटले पराजित गरेको हो ।


ADVERTISEMENT


नेपालले जीतका लागि पाएको ६७ रनको लक्ष्य मात्र १ विकेट गुमाएर ५.३ ओभरमा पछ्यायो ।


ADVERTISEMENT

# # #


नेपालको जीतमा कुशल मल्लले नटआउट रहँदै सर्वाधिक ३६ रन बनाए । १८ बलमा उनले ५ चौका र २ छक्का हिर्काए । पवन शरार्फले मात्र १० बलमा २७ रन बनाए । यसक्रममा उनले २ चौका र ३ छक्का हिर्काए । पूर्वकप्तान पारस खड्का भने ९ रनमा आउट हुन पुगेका थिए ।

यसअघि, नेपालको कसिलो बलिङ सामु थाइल्याण्ड २० ओभरमा ६६ रनमा समेटिएको थियो । नेपालका लागि करन केसीले ३ विकेट लिए भने अविनास बोहराले २ विकेट लिए । भुवन कार्की र सन्दीप लामिछानेले १–१ विकेट लिए ।