काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामनासहित पशुपतिनाथमा विशेष पूजा गरिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण भइरहँदा उनको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभका कामना गर्दै पूजा विशेष पूजा गरिएको हो ।


ADVERTISEMENT


पसुपति विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले पशुपति नाथमा बुधबार पहिलो प्रहरको पुजापाठ गराएका हुन् । मिर्गौला प्रत्यारोपणको सफलतासहित शीघ्र स्वास्थ्यलाभको कामना सहित बिहान भएको बिषेश पूजापाठ र रुद्राभिषेकमा डा. थापा सहित अन्य शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।


ADVERTISEMENT

# # #


यस्तै कोषाध्यक्ष थापाले चीनबाट सुरु भई विश्वका ७७ देशमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा नफैलियोस भनेर पशुपति नाथमा विषेश पूजापाठ गराउन लागेको पनि जानकारी दिए ।