काठमाडौँ – प्रभु बैंक लिमिटेडले विभिन्न कलेज अध्ययनरत विद्यार्थीहरु तथा कर्मचारीहरुलाई लक्षित गर्दै आकर्षक सेवा सुविधा सहित ‘प्रभु गुडलक सेभिङ्ग’ नामक नयाँ निक्षेप योजना सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


शून्य मौजदातमा खाता खोल्न सकिने ‘प्रभु गुडलक सेभिङ्ग’ खाता खोल्नासाथै उक्त खातामा बैंकको तर्फबाट एक सय रुपैयाँजम्मा गरिदिने व्यवस्था मिलाईएको छ । ‘प्रभु गुडलक सेभिङ्ग’ योजना अन्तर्गत खाता खोल्ने खाता धनीहरुलाई वार्षिक ६.५ प्रतिशत ब्याज, डिम्याट खाता, मेरो शेयर अनलाइन सेवा, डेबिट कार्ड, अन्तरशाखा कारोबार, इन्टरनेट बैंकिङ्ग, मोवाइल बैकिङ्ग लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध हुनेछन् ।


ADVERTISEMENT

# # #


‘प्रभु गुडलक सेभिङ्ग’ अन्तर्गत खाता खोल्ने खाता धनीहरुलाई बैंकले प्रभु क्यापिटलसँगको सहकार्यमा सम्बन्धित कलेज तथा विश्वविद्यालयहरुमै गएर पूँजीबजारसँग सम्बन्धित लगानीका अवसरहरु (आइपीओएस, एफपीओएस, क्यापिटल मार्केट) बारे परामर्श प्रदान गर्नेछ । बैंकको यस ‘प्रभु गुडलक सेभिङ्ग’ मा सहभागी हुने विद्यार्थीहरुलाई आफ्नो अध्ययन सँगसँगै आर्थिक आत्मनिर्भरतातर्फ अग्रसर हुने अवसर समेत मिल्ने बैँकले जनाएको छ ।