दाङ – दाङको बागरखोलामा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ ।


ADVERTISEMENT


दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका ८ अश्वारा निवासी १९ वर्षीय गौरव डाँगीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । अश्वाराबाट पश्चिमतर्फ गइरहेको रा ४ प १२७० नम्बरको मोटरसाइकल दङ्गीशरण गाउँपालिका ५ को बागरखोलामा दुर्घटना भएको हो ।


ADVERTISEMENT

# # #


दुर्घटनामा गम्भीर घाइते भएका डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा अमिलियामा ज्यान गएको तुलसीपुरका प्रहरी निरीक्षक ९इन्स्पेक्टर० चक्रबहादर डमरपालले जानकारी दिनुभयो ।

तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।