पछिल्लो केही दिनयता सुनको भाउ बढेको बढ्यै छ । शनिबार पनि सुनको भाउ बढ्ने क्रम रोकिएको छैन । सुनको भाउ आइतबार तोलामा सात सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो अर्थात् तोलाको ७८ हजार आठ सय रुपैयाँ पुगेको छ ।


ADVERTISEMENT


अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज शनिबारको भन्दा १८ डलरले बढेर प्रतिऔंस १६ सय ४४ डलर पुगेको छ । प्रतिऔंसमा दुई तोला ६ मासा साढे ६ लाल सुन हुन्छ । चीनको वुहानमा सुरु भएको कोरोना भाइरस विभिन्न देशमा फैलिएपछि सुनमा लगानीकर्ताको आकर्षण बढ्दा भाउ महँगो भएको हो । अहिलेको अवस्था हेर्दा सुनको भाउ यही हप्ता नै तोलको ८० हजार पुग्ने नेपाल सुनचाँदी व्यवसायी महासङ्घअन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यको अनुमान छ ।


ADVERTISEMENT

# # #


यस्तै चाँदी आइतबार तोलामा पाँच रुपैयाँ बढेर तोलाको ९ सय २० रुपैयाँ पुगेको छ ।